काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन् । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिदै यस्तो बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
शनिबार जारी सन्देशमा उनले आफू दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । साथै उनले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।