कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते, घटनाको अनुसन्धान हुँदै

मुकेशप्रसाद जोशी

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् ।

गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्