स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय

काठमाडौं – प्रधानमन्त्री समते रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेको नेताहरुले बताएका छन् ।

बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए ।

पार्टी प्रचार विभागका उपप्रमुख समेत रहेका उनले फेसबुकमा लेखेका थिए, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

तर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच यसबारे परामर्श नै नभएको नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्