काठमाडाैँ – कोभिड–१९ तथा कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बुधबार रौतहट जिल्ला परोह नगरपालिका वडा नं. ७ का ३६ बर्षिय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ । उनको दिउँसो २ ३० बजे नारायणी अस्पताल विरगञ्जमा निधन भएको हो । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।