आन्तरिक हवाई उडान खोल्ने सरकारकाे तयारी

कोभिड–१९ (कोरोना) भाइरसका कारण देशमा भएको लकडाउन अवधिमा रोकिएको हवाई उडानमा चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए ।
साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ । यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।

अहिले आन्तरिक उडान खोल्ने पूर्वतयारी भने भइरहेको छ । अन्तर्राष्ट्रिय उडान भने अगस्तको दोस्रो साता खोल्ने सङ्केत पर्यटन मन्त्रीले दिएका छन् । उडान सुरक्षामा कुनै पनि सम्झौता हुन नदिन नागरिक उड्डयन प्राधिकरणले १३ वटा क्विक रिफरेन्स गाइड र १० वटा एडभाइजरी सर्कुलर जारी गरेको छ । वायुसेवा विमानस्थल तथा अन्य उडान सेवाले अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको विषयमा एयरलाइन्सको लागि निर्देशन, कोभिड–१९ अवधिमा सञ्चालनका लागि एयरपोर्टस एण्ड ग्राउण्ड सर्भिसेज जारी गरेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्