बाढी र पहिरोबाट विस्थापितलाई तत्कालका लागि विद्यालय तथा सार्वजनिक भवनमा राखिने

काठमाडौँ — देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट विस्थापितलाई तत्कालका लागि विद्यालय लगायतका सार्वजनिक भवनमा बसोवासको व्यवस्था गर्नेबारे राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको परिषद्को बैठकमा बाढीपहिरो पीडितहरूलाई तत्काका लागि सामुदायिक विद्यालय र सार्वजनिक भवनमा राख्ने भन्ने समझदारी भएको हो । मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएपछि परिषद्ले उद्धार र राहतका विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा पीडितको उद्दार र राहत तथा बसोवासको व्यवस्थापनबारे छलफल भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्