काठमाडौं – बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।
शनिबार चितवन पुगेका उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि प्रचण्डले बलियो तटबन्ध गराउने तयारी भएको स्थानीयलाई बताए ।
प्रधानमन्त्रीसँग मिटिङ भए पनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको उनले बताए । माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्छ ।