कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई शुक्रबारदेखि सिल गरिने भएको छ । अर्काे सुचना जारी नहुँदासम्मको लागि
पूर्वपश्चिम राजमार्गको गर्जामुनिदेखि कलुवापुरसम्मको क्षेत्रलाई सिल गरिने नगर प्रमुख दिल बहादुर ऐरले बताए ।
बजार क्षेत्र व्यापार व्यवसायी सबै बन्द गरिने र बित्तिय संस्था लगायत अन्यको लागि मापदण्ड तयार गरि खोलिने उनले बताए । शुक्लाफाँटामा बुधबार लघुबित्त संस्थाका कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण देखिएको थियो । कमजोरी र फितलोरुपमा आम जनताले कोरोनालाई लिएकोमा संक्रमण समुदायमा फैलिने डर भएकोेले सिल गर्न लागेको उनले जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख ऐरले लकडाउन निर्देशिका अनुसार स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी कोरोना महामारी संक्रमण र रोकथामका लागि सिल गर्ने निर्णय गरिने बताए । शुक्लाफाँटा नगरपालिकामा हाल सम्म ४१ जना कोरोना संक्रमित रहेका छन् ।