काठमाडौं आउन लागेका ३९० वटा सवारी साधन फिर्ता पठाइए, ७२ सवारी प्रहरी नियन्त्रणमा

File Photo

सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएसँगै सवारी साधनलाई कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
उपत्यका बाहिरका जिल्लाबाट विभिन्न नाका भएर बुधबार काठमाडौं आउन लागेका ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ । ७२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् ।
को छ।
सरकारले लकडाउन खुकुलो भएपनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन । मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ ।
यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी साधनलाई फिर्ता पठाएको हो ।
प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्