५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु

काठमाडाैँ-  ५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. २ का महोत्तरी, रौतहट र सर्लाही जिल्ला रहेका छन भने प्रदेश नं. ५ का कपिलवस्तु र दाङ रहेका छन । त्यसैगरी कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ सय जना भन्दा बढीमा कोरना संक्रमण भएको पुष्टि भएको छ ।
यसैगरी देशभर कोरना संक्रमण हुनेको संख्या १ हजार ६ सय ५७ महिला र ११ हजार ९ सय ७ पुरुष गरी कुल १३ हजार ५ सय ६४ जना रहेका छन । यस्तै २ सय ७७ महिला र २ हजार ९ सय ७७ पुरुष गरि ३ हजार १ सय ९४ जनाले कोरोना जितेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्