कतारको दोहाबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किए

कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्