सुदूरपश्चिमका क्वारेन्टाइनमा एक सातामै ७ जनाको मृत्यु

काठमाडौँ – सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका ७ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ । जेठ १८ मा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् । तर, बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी–४ कि ५५ वर्षीया महिला भने क्वारेन्टिनमा थिइनन् । त्यसबाहेक बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २÷२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्