लकडाउनलाई सहज बनाउने कार्ययोजना माथि प्रारम्भिक छलफल

काठमाडौं – लकडाउनको अवस्थालाई सरल र सहज बनाइ देशमा आर्थिक क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने विषयमा तयार गरिएको कार्ययोजना माथि छलफल शुरु भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा कार्ययोजना माथि प्रथम चरणको छलफल भएको सचिव नारायण विडारीले बैठक पछि पत्रकारहरुलाइ जानकारी दिए ।

उनले विकास निर्माणका, औद्योगिक लगायत आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधि अगाडि बढाउँदा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड निर्देशिका र गृहमन्त्रालयले जारी गरेको सुरक्षा मापदण्डलाई पालन गरी कसरी सुरक्षित रूपमा विभिन्न सेवा तथा गतिविधिका काम अगाडि बढाउने भन्ने बारेमा छलफल भएको बताए । उनले बैंकिङ, कृषि र उद्योग जस्ता कुरा सञ्चालनमा सरलता दिलाउँदै चरणवद्ध रुपमा कसरी खुकुलो बनाउने भन्ने कार्ययोजना तयार भएको र पहिलो चरणको छलफल सकिएको बताए । छलफल चरणवद्ध अगाडि जाने पनि सचिव विडारीले स्पष्ट पारे । उनले एक चरणको छलफल भएको र पुनः बैठक बसी यसलाई अन्तिम रुप दिए पछि कार्यान्वयनमा जाने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्