बीपी प्रतिष्ठानमा उपचाररत १८ जना निको भएर डिस्चार्ज

सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ ।

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज हुनेहरुमा एक जना धरानकी महिला हुन् भने बाँकी सबै झापाका हुन् । धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।

अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्