कैलाली – सुदूरपश्चिम प्रदेशमा भारत तथा जिल्लाकै विभिन्न क्षेत्रबाट आएका ४३ हजार ६ सय ६२ जना क्वारेन्टाइनमा राखिएका छन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार प्रदेशका नौ वटै जिल्लाका एक हजार दुई सय ४७ स्थानमा बनाइएका क्वारेन्टाइनस्थलमा पाँच हजार पाँच सय तीन महिला र ३८ हजार एक सय ५९ पुरुष रहेका छन् ।