काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार घोषणा गरेको टोलीमा सन्दीप लामिछानेले कप्तानीको जिम्मेवारी पाएका छन् । टोलीमा अभिषेक गौतमले पनि स्थान बनाएका छन् । उहाँले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा डेब्यु गर्ने सम्भावना रहेको छ ।
नेपाली टोली
-
सन्दीप लामिछाने (कप्तान)
-
आसिफ शेख
-
अर्जुन कुमाल
-
ईशान पाण्डे
-
देव खनाल
-
कुशल भुर्तेल
-
राशिद खान
-
रोहित पौडेल
-
दीपेन्द्रसिंह ऐरी
-
गुलशन झा
-
बसिर अहमद
-
करण केसी
-
नन्दन यादव
-
ललितनारायण राजवंशी
-
अभिषेक गौतम
डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुने छनोट प्लेअफमा नेपालसहित इटाली, नामिबिया, युगान्डा, कुवेत, क्यानडा, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुँदैछन् ।
प्रतियोगितामा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । नेपालले घरेलु मैदानमा हुने प्रतियोगितामार्फत विश्वकप पुग्ने सम्भावना कायम राख्ने लक्ष्य लिएको छ ।






