एनपीएलमा आज र भाइटीकाको दिन कुनै खेल नहुने

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज र भाइटीकाको दिन कुनै खेल हुने छैन।

नेपाल क्रिकेट संघ (क्यान) ले लक्ष्मीपूजा र भाइटीकाको अवसरमा खेल नहुने यसअघिको तालिकालाई निरन्तरता दिएको हो। त्यसअनुसार आज लक्ष्मीपूजा र बुधबार भाइटीकाका दिन प्रतियोगितामा विश्राम दिइएको छ।

विश्रामपछि भोलि सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, मंगलबार बेलुका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ।

भाइटीकाको भोलिपल्ट बिहीबार पनि दुई खेल आयोजना हुने तालिका छ। उक्त दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो।

चाडपर्वको अवसरमा दुई दिन विश्राम दिइएको एनपीएलका बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्