नेपाल बैंकले ल्यायो ९० दिनका लागि विशेष घर कर्जा योजना

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि न्यून ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कसहितको आवास कर्जा योजना ल्याएको हो।

योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, मर्मतसम्भार तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। बैंकका अनुसार आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट सुरु हुने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। कर्जा लिँदा ग्राहकले ०.२५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्नेछ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन्। साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जा योजना कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म सञ्चालन हुनेछ। नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्