काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।



