प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा विचार गरिँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा संसदीय प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरी विधेयकलाई अघि बढाउने प्रक्रिया अगाडि बढाइनेछ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमाथि छलफलपछि विधेयकको आगामी प्रक्रियाका सम्बन्धमा निर्णय हुने कार्यसूची रहेको छ। यसैबीच, आज प्रतिनिधिसभाअन्तर्गत विभिन्न छवटा समितिको बैठकसमेत बस्ने भएको छ। समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्