काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। नेपाल प्रहरीका अनुसार शनिबार अपराह्न ४ बजेसम्म विभिन्न जिल्लामा गरी ६६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, गोरखामा ५४, चितवनमा २४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित २ हजार ३०१ जनाको उद्धार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको प्रहरीले जनाएको छ।




