नाडा अटो शोमा स्काइवेलको चर्चा, BE11 ले तान्यो दर्शकको ध्यान

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा चिनियाँ प्रिमियम विद्युतीय सवारी ब्रान्ड स्काइवेल (SKYWELL) ले पनि दर्शकको ध्यान खिचिरहेको छ। नेपालमा नयाँ वितरकमार्फत प्रवेश गरेको स्काइवेलले प्रदर्शनीमा आफ्नो BE11 इलेक्ट्रिक एसयूभीलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरेको छ। नेपालमा LRR Motors आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा स्काइवेल भित्र्याएको हो। नाडा अटो शोको पहिलो दिन नै BE11 सार्वजनिक गरिएको हो। कम्पनीले BE11 का विभिन्न भेरियन्ट प्रदर्शनीमा राखेको छ।

BE11 मा ५१.९१ किलोवाट आवरको LFP ब्याट्रीसहित करिब ४१० किलोमिटर र ७१.९८ किलोवाट आवरको NMC ब्याट्रीसहित ५२० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज उपलब्ध छ। दुवै संस्करणमा १५० किलोवाटको मोटर तथा ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर रहेको कम्पनीले जनाएको छ। स्काइवेलले BE11 मा प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो इन्टेरियर तथा १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स जस्ता सुविधालाई विशेष रूपमा प्रस्तुत गरेको छ। डीसी फास्ट चार्जिङमार्फत करिब ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी पनि कम्पनीको छ।

BE11 को मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि ६४ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ। नाडा अटो शो अवधिका लागि कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ, जसअनुसार विभिन्न भेरियन्टको मूल्य ४६ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार रुपैयाँसम्म पर्नेछ। नाडा अटो शोमा यसपटक विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य छ। BYD, Geely, Deepal, Aion, Leapmotor लगायतसँगै Skywell पनि यात्रु कारतर्फ सहभागी भएको छ। प्रदर्शनीमा नयाँ ब्रान्ड र नयाँ मोडलप्रति अवलोकनकर्ताको चासो बढ्दै जाँदा स्काइवेलले पनि नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास गरेको देखिन्छ।

स्काइवेलको स्टल नाडा अटो शोको H19 मा रहेको छ, जहाँ आगन्तुकले BE11 को डिजाइन, इन्टेरियर, प्रविधि र विद्युतीय ड्राइभिङ क्षमताबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्