पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन्। मंगलबार साँझ चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणमा डा. भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (बीपीपीभी) को लक्षण देखिएको बताएका छन्।

मानुषीले सामाजिक सञ्जालमार्फत अन्य सबै स्वास्थ्य परीक्षणको नतिजा सामान्य रहेको जानकारी दिँदै डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्