रसुवामा ईभी भ्यान त्रिशूलीमा खस्यो

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित चिलिमे पुल नजिक पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक विद्युतीय (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

प्रहरीका अनुसार साँझ करिब ५:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा परेका चालकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। साथै, गाडीमा चालकबाहेक अन्य व्यक्ति सवार थिए वा थिएनन् भन्ने विषय पनि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता चालक तथा नदीमा खसेको ईभी भ्यानको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्