काठमाडौंमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका*१ कालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तारकेश्वर नगरपालिका*९ निवासी ४१ वर्षीया रश्मी रिजाल शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत फेला परेकी हुन्।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र मृत्युको वास्तविक अवस्थाबारे अनुसन्धान भइरहेको बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्