एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य, पाँच प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्ने भएको छ। दुवै दलले प्रदेश सरकारलाई स्थिर, प्रभावकारी र समन्वयात्मक ढंगले सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

यद्यपि गण्डकी र मधेश प्रदेश सरकारको नेतृत्वबारे भने अझै अन्तिम टुंगो लागेको छैन। ती दुई प्रदेशमा सरकार गठन, नेतृत्व र दलहरूको सहभागिताबारे अन्य राजनीतिक दलहरूसँग थप छलफल गरी सहमतिको आधारमा निर्णय गर्ने उल्लेख गरिएको छ।

प्रदेश सरकारमा सत्ता साझेदारीका लागि भएको यो सहमतिलाई आगामी राजनीतिक समीकरण र प्रदेश सरकारको स्थायित्वका दृष्टिले महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्