बागमतीमा मन्त्रालय १४ बाट ८ मा झारियो, ६ मन्त्री बने बिनाविभागीय

काठमाडौं – बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको छ। यसअघि रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गरिएको छ।

मन्त्रालय संख्या घटाउने निर्णय कार्यान्वयनमा आएसँगै प्रदेश सरकारका ६ जना मन्त्री बिनाविभागीय भएका छन्। बिनाविभागीय हुने मन्त्रीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल रहेका छन्।

प्रदेश सरकारले गत वैशाख महिनामै प्रशासनिक तथा सञ्चालन खर्च घटाउने उद्देश्यले मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मन्त्रालय पुनःसंरचना गरिएको हो। सरकारले मन्त्रालय संख्या घटाउँदा प्रशासनिक खर्चमा कमी आउने, सरकारी संरचना चुस्त बन्ने तथा स्रोत-साधनको प्रभावकारी परिचालन हुने अपेक्षा गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्