प्रतिनिधिसभामा आज विनियोजन विधेयकमाथि छलफल, खर्च कटौती प्रस्ताव पनि पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद्को दोस्रो अधिवेशनअन्तर्गतको २३औँ बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल प्रारम्भ हुने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमै सभामुखले प्रतिनिधिसभाका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि समूहगत छलफल सुरु हुनेछ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

बजेटमाथिको छलफलसँगै केही सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पनि पेश गर्ने भएका छन्। सांसद कृपाराम रानाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट रकम घटाएर ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी सांसद नीता घतानीले सूचना तथा सञ्चार मन्त्रालय र सांसद अर्जुनकुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको बजेट रकम घटाई ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, सांसद साजिदा खातुन सिद्धिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि खर्च कटौती प्रस्ताव राख्नेछिन्। सांसद एशुदाकुमारी बरालले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च रकम घटाएर ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल आगामी केही दिनसम्म निरन्तर चल्नेछ भने सांसद

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्