दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु” – अर्थमन्त्री वाग्ले

तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याइएको दाबी गर्नुभएको छ।

प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले बजेट संविधानविपरीत भएको भन्ने आरोप अस्वीकार गर्दै आर्थिक वृद्धिसँगै समानताको लक्ष्यलाई प्राथमिकता दिइएको बताउनुभयो। बजेटमा ‘समाजवाद’ शब्द उल्लेख नभए पनि समताको एजेन्डालाई व्यवहारमा उतार्ने प्रयास गरिएको उहाँको भनाइ थियो।

करका दरमार्फत निश्चित व्यापारीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गर्दै वाग्लेले भन्नुभयो, “दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भए मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु।”

उहाँले सरकार सुशासनप्रति कठोर प्रतिबद्धतासहित अघि बढिरहेको उल्लेख गर्दै तथ्यका आधारमा मात्र आलोचना गर्न विपक्षी सांसदहरूलाई आग्रह गर्नुभयो। साथै जनताले दिएको सुशासनको म्यान्डेटलाई कुनै पनि हालतमा धोका नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्