एशियाली खेलकुद क्रिकेट छनोट: सेमिफाइनलमा नेपालको शानदार सुरुआत, ओमान दबाबमा

काठमाडौँ – एशियाली खेलकुद पुरुष टी–२० क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा जारी पहिलो सेमिफाइनलमा नेपालले ओमानविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानलाई नेपाली बलरहरूले सुरुदेखि नै दबाबमा राखेका छन्। खेलको सुरुआती चार ओभर सकिँदा ओमानले ३ विकेट गुमाएर मात्र १० रन बनाएको छ। नेपालका लागि करण केसी र कुशल मल्लाले प्रभावशाली बलिङ गर्दै ओमानका शीर्षक्रमका ब्याटरलाई सस्तैमा पेभिलियन फर्काएका छन्।

समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले यसअघि प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। ओमान भने समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।

नेपाल र ओमानबीच पछिल्ला भेटहरू प्रतिस्पर्धात्मक रहे पनि हालको लय र सुरुआती प्रदर्शनका आधारमा नेपाल बलियो स्थितिमा देखिएको छ। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ र एशियाली खेलकुद क्रिकेट प्रतियोगितामा थप सफलता नजिक पुग्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्