सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले १० प्रतिशत तलब वृद्धि शुरु स्केलमै समायोजन गरिने जानकारी दिनुभयो ।

त्यसबाहेक थप १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइने उहाँले बताउनुभयो । हाल कर्मचारीले पाइरहेको महँगी भत्तालाई भने यथावत् राखिएको छ ।

विगत चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यस अवधिमा १७ दशमलव ३ प्रतिशत महँगी बढेकाले तलब समायोजन आवश्यक भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्