काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले उक्त आकारको बजेट घोषणा गर्नुभएको हो ।
बजेटअन्तर्गत चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । त्यस्तै आगामी आर्थिक वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
बजेट कार्यान्वयनका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएको छ भने २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ । यस्तै आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गरिने सरकारको योजना छ ।






