रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन: प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री वालेन्द्र शाहको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले रवि लामिछाने आफ्नै कार्यक्रमअनुसार भारत गएको बताउनुभयो ।

“सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग कुनै सम्बन्ध छैन,” उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभई अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको जानकारी दिनुभयो । सरकारको पहिलो प्राथमिकता प्रारम्भिक सय दिनभित्र गर्ने काममा केन्द्रित रहेको उहाँको भनाइ थियो । “प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा अन्य कुनै देश जाने समय आएपछि जानकारी हुन्छ । अहिले उहाँ विदेश कतै जानुभएको छैन,” पोखरेलले भन्नुभयो, “पहिलो सय दिनको कार्यव्यस्तता धेरै भएकाले अहिले काममै बढी केन्द्रित छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्