दिल्लीको सान्त्वना जित, राजस्थान प्लेअफमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ । मुम्बईमा हिजो भएको खेलमा दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा १६३ रनमै अलआउट भयो । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । दिल्लीका केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ३० बलमा ६० रनको आक्रामक इनिङ्स खेले ।

प्लेअफ सम्भावना कायम राख्न जित अनिवार्य रहेको खेलमा पराजित भएपछि कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएसँगै कोलकाता र पञ्जाब किंग्स दुवैको प्लेअफ यात्रा समाप्त भएको हो । यता राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । लिग चरणको अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै राजस्थान १६ अंकसहित तालिकाको चौथो स्थानमा पुगेको हो ।

राजस्थानको जितमा जोफ्रा आर्चरले २ विकेट लिए । यो नतिजासँगै मुम्बईको हारले कोलकाता र पञ्जाबको सम्भावना पनि समाप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्