नेपाल व्यापार संघद्वारा सेवक नेपाल बालगृहका बालबालिकालाई विद्यालय पोशाक वितरण

काठमाडौं – नेपाल व्यापार संघले सेवक नेपालद्वारा सञ्चालित बालगृहमा आश्रित ३८ जना बालबालिकालाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । कार्यक्रममा पोशाक सफु एक्सपोर्ट एन्ड इम्पोर्ट प्रा.लीका सञ्चालक सुकुन्द प्रधानले उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

त्यस अवसरमा अध्यक्ष पोखरेलले बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्यका लागि सामाजिक संघसंस्थाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले समाजका हरेक क्षेत्रले मानवीय सेवामा हातेमालो गर्न सके बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।

“बालबालिका राष्ट्रका भविष्य हुन् । उनीहरूको शिक्षा र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता सहयोग निरन्तर हुनुपर्छ,” अध्यक्ष पोखरेलले भन्नुभयो ।

कार्यक्रममा नेपाल व्यापार संघका महासचिव ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्ष किशोरकुमार गौतम, सचिव उद्ववप्रसाद गौतम तथा सचिव राजु गौतमलगायतको उपस्थिति रहेको थियो । बालगृहका बालबालिकालाई विद्यालय पोशाक वितरण गरिनुका साथै उनीहरूको अध्ययन र दैनिकीबारे पनि जानकारी लिइएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्