उपभोक्ता अदालतले जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न कतार ऐयरवेजका नाममा फैसला गरेको छ ।
अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट सहित सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
प्रितीले सन् २०२३ जुलाई १० मा बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा कतार एयरवेजको विमानमा अत्यधिक तातो कफी पिउने क्रममा पेट, तिघ्रा तथा संवेदनशील अंगमा गम्भीर जलन भएको दाबी गरेकी थिइन् । उपचारका क्रममा उनको चोट ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।
फैसलाको पूर्णपाठ आएपछि कतार एयरवेजले क्षतिपूर्ति तिर्ने वा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको अदालतले जनाएको छ ।






