विद्यालय सुधारका ४६ बुँदा सार्वजनिक गर्दै प्रधानाध्यापकद्वारा विद्यालयमै आत्महत्या

दार्चुला – ब्याँस गाउँपालिका-४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बल्देवसिंह धामीले विद्यालय सुधारसम्बन्धी ४६ बुँदे प्रस्ताव तथा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्दै विद्यालयमै आत्महत्या गरेका छन् ।

घटनापछि स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रमा गम्भीर चासो र स्तब्धता छाएको छ । प्रधानाध्यापक धामीले विद्यालय व्यवस्थापन, शैक्षिक सुधार, अनुशासन तथा प्रशासनिक विषयसँग सम्बन्धित विभिन्न सुझाव समेटिएको ४६ बुँदे दस्तावेज सार्वजनिक गरेका थिए । साथै उनले आफूलाई मानसिक रूपमा दबाब र पीडामा पारिएको उल्लेख गर्दै केही व्यक्तिहरूको नामसमेत खुलाएका बताइएको छ ।

घटनापछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ । आत्महत्याको कारण, सार्वजनिक गरिएका विवरण तथा त्यससँग सम्बन्धित पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस घटनाले विद्यालय व्यवस्थापन, शिक्षकको मानसिक अवस्था तथा शैक्षिक संस्थाभित्र देखिने दबाबका विषयमा गम्भीर बहस सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्