अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ ।

कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, विभिन्न सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारहरूलाई परिपत्र गर्दै अत्यावश्यक अवस्थाबाहेक नयाँ सामान खरिद नगर्न निर्देशन दिएको हो । परिपत्रमा हाल प्रयोगमा रहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर उपयोग गर्न तथा अनावश्यक खर्च नियन्त्रण गर्न भनिएको छ ।

कार्यालयले कतिपय निकायमा प्रयोग भइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने प्रवृत्ति बढेको गुनासो आएको जनाएको छ । यस्ता गतिविधिका कारण राज्यकोषमा अनावश्यक भार परेको निष्कर्षसहित सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन जारी गरिएको कार्यालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्