काठमाडौं – पेप्सीकोला टाउनप्लानिङ क्षेत्रमा अवस्थित नेक्सस इन्टरनेशनल स्कुलले यस वर्षको एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफूलाई यस क्षेत्रकै अग्रणी विद्यालयका रूपमा पुनः स्थापित गरेको छ। विद्यालयले विगतका वर्षहरूझै यस वर्ष पनि उल्लेखनीय शैक्षिक सफलता हासिल गरेको हो।
यस वर्ष विद्यालयकी छात्रा गौरवी पराजुली ले ४.० GPA ल्याएर विद्यालयको गौरव बढाएकी छन्। त्यस्तै, विद्यालयका ५५ जना विद्यार्थीले ए प्लस, ४१ जनाले ए तथा १० जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन्। समग्र नतिजाले विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र दक्ष शिक्षण पद्धतिको पुष्टि गरेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सामूहिक मेहनतले यो सफलता सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेक्सस इन्टरनेशनल स्कुल केवल परीक्षामा राम्रो नतिजा ल्याउने संस्था मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने शिक्षालय हो। हामीले आधुनिक शिक्षण प्रणाली, व्यवहारिक ज्ञान, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राखेका छौँ। यही कारण विद्यार्थीहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।”
विद्यालयले अनुभवी शिक्षक टोली, प्रविधिमैत्री कक्षा, नियमित अभिभावक-विद्यालय समन्वय, करियर काउन्सेलिङ तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता विकासमा विशेष जोड दिँदै आएको छ। सुरक्षित र शैक्षिक वातावरणका कारण पनि नेक्सस इन्टरनेशनल स्कुल अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको बताइन्छ।
उत्कृष्ट नतिजा, अनुशासित वातावरण र विद्यार्थीमैत्री शिक्षण प्रणालीका कारण यस वर्ष पनि विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ।





