काठमाडौं – काठमाडौं महानगरपालिका-३२, पेप्सीकोलास्थित बेष्ट ग्रुप भिजन इंग्लिस स्कुलले यस वर्षको एसईई नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । विद्यालयकी छात्रा नविना थापा मगरले ४.00 जीपीए प्राप्त गर्दै विद्यालयको गौरव उचो बनाएकी छन् । यसैगरी ३४ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उत्तीण भएका छन् ।
विद्यालयले विद्यार्थीमैत्री शिक्षण प्रणाली, अनुशासित वातावरण तथा गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ । यसपटकको नतिजाले विद्यालयको शैक्षिक स्तर, शिक्षकको मेहनत र विद्यार्थीको लगनशीलतालाई पुष्टि गरेको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यालयका संस्थापक सुनिल केसी खत्रीले उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासकै कारण हामीले यो सफलता हासिल गरेका हौं । आगामी दिनमा अझ गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी बनाउने हाम्रो लक्ष्य रहनेछ ।”
चार जीपीए ल्याउन सफल छात्रा नविना थापा मगरलाई विद्यालयले विशेष बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ । साथै, उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीप्रति विद्यालयले आभार व्यक्त गरेको छ । पेप्सीकोला क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित बेष्ट ग्रुप भिजन इंग्लिस स्कुलले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा तथा व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको जनाएको छ ।





