आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै, आइतबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी प्रदेश का हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसमविद्हरूले वर्षा, चट्याङ्ग तथा हिमपातका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्