आईपीएल: मुम्बई इन्डियन्सको शानदार जित, लखनउ ६ विकेटले पराजित


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स ले लखनउ सुपर जाइन्टस लाई ६ विकेटले हराएको छ। वानखेडे मैदानमा भएको खेलमा लखनउले दिएको २२९ रनको विशाल लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। उत्कृष्ट ब्याटिङ प्रदर्शनका साथ मुम्बईले चुनौतीपूर्ण लक्ष्य सहजै भेट्टाएको हो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो। तर बलिङतर्फ कमजोर प्रदर्शनका कारण उनीहरूले लक्ष्य जोगाउन सकेनन्।

जितसँगै मुम्बई १० खेलमा ६ अङ्कसहित तालिकाको नवौँ स्थानमा उक्लिएको छ भने लखनउ ९ खेलमा ४ अङ्कका साथ पुछारमा रहेको छ।

यसैबीच, आज बेलुका पौने ८ बजे हुने अर्को खेलमा दिल्ली क्यापिटल्सचेन्नई सुपर किङ्ग्स बीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्