रोल्पा । रोल्पामा भएको भीषण जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनाको खबरलगत्तै डीएसपी वीरेन्द्र वीर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ ।
प्रहरीका अनुसार जिपमा सवार यात्रुहरू जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाँदै थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






