काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभएको छ ।
सरकारले कुल ६ वटा अध्यादेश सिफारिश गरेको भए पनि राष्ट्रपतिले हाललाई एउटा मात्र अध्यादेश जारी गर्नुभएको हो । सरकारले सहकारी अध्यादेशसहित संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशहरू राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
अन्य अध्यादेशबारे भने राष्ट्रपति पौडेलले संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरिरहनुभएको जनाइएको छ ।






