मनोहरा बस्ती हटाउँदा झडप, १४ प्रहरीसहित एक पत्रकार घाइते

काठमाडौँ । मनोहरा सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर अनधिकृत संरचना हटाउने क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप भएको छ । बस्ती हटाउने क्रममा त्यहाँ बसोबास गर्नेहरूले प्रहरी र डोजरमाथि ढुंगा प्रहार गर्दै अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । घटनामा नवराज ढुंगानासहित १४ जना प्रहरी घाइते भएका छन् ।

भक्तपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जना नेपाल प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना पत्रकार रहेका छन् । अवरोधका कारण डोजर प्रयोग गरेर भइरहेको संरचना हटाउने काम रोकिएको छ । केही पक्की घर तथा टहरा भत्काउने क्रममा अवरोध भएपछि डोजर फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने काम भोलि बिहान ६ बजेदेखि पुनः सुरु गरिनेछ । यसैबीच, विरोधमा उत्रिएका केही समूहले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्