काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइएको छ । विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनाका लागि समय कटौती गरिएको जनाएको हो ।
नयाँ व्यवस्थाअनुसार अब विमानस्थल राति ११ः४५ बजे बन्द हुनेछ भने बिहान ६ः३० बजे मात्र सञ्चालनमा आउनेछ ।
विमानस्थल सुधार आयोजनाअन्तर्गत धावनमार्ग नजिकै विभिन्न निर्माण कार्य सञ्चालन गर्नुपर्ने भएकाले उडान अवधि घटाइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यसअघि भने विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।






