पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा दार्चुलाबाट प्रतिनिधि सभा सदस्य २०८२ का उम्मेदवार धर्मानन्द जोशीले पार्टीभित्र देखिएको वैधानिकता सम्बन्धी विवाद समाप्त भएको बताएका छन्। उनका अनुसार नेपाली कांग्रेसले गरेको विशेष महाधिवेशन कुनै व्यक्ति विशेषविरुद्ध लक्षित नभई पार्टीको आन्तरिक जीवन, लोकतान्त्रिक अभ्यास तथा विधि-विधानअनुसार बाध्यात्मक परिस्थितिमा गरिएको हो।

जोशीले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई न्यायिक र निष्पक्ष भएको उल्लेख गर्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको जानकारी दिए। उनका अनुसार अब पार्टीको वैधानिकतासम्बन्धी सबै विवाद औपचारिक रूपमा टुंगिएको छ। उनले अब नेपाली कांग्रेसले रूपान्तरण र पुस्तान्तरणलाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै युवाहरूलाई पार्टीमा थप सक्रिय रूपमा जोड्नुपर्ने बताए। साथै पार्टी नेतृत्वले सबै पक्षसँग संवाद गर्दै संगठनभित्र देखिएका कमजोरी र ‘रोग’ हटाएर विधिविधान तथा आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उनको धारणा छ।

जोशीले नेपाली कांग्रेसलाई पुनः एक बलियो ऐतिहासिक लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले पार्टीले सञ्चालन गरिरहेको “जरा अभियान” मा मन, वचन र कर्मले सहभागी हुन आग्रह गर्दै आगामी १५औँ महाधिवेशनलाई उत्साहपूर्ण रूपमा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्