नेपाली कांग्रेसमा आज दुई महत्त्वपूर्ण बैठक, अनुशासन र कार्यसम्पादन समितिमा छलफल

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बोलाइएको जनाइएको छ।

यसैगरी आजै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्नेछ। यो बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार तय गरिएको हो।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहले निर्वाचन आयोग बाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको विषयमा आजको अनुशासन समिति बैठकमा छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्