आईपीएलमा राजस्थान र दिल्लीको जित, गुजरात र मुम्बई पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी भएका छन् ।

अहमदाबादमा भएको खेलमा राजस्थानले गुजरात टाइटन्स लाई ६ रनले हरायो । राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेल ले सर्वाधिक ७५ रनको योगदान दिए । लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहँदै सातौं स्थानमा छ ।

यसअघि भएको अर्को खेलमा दिल्लीले मुम्बई इन्डियन्स लाई ६ विकेटले पराजित गर्‍यो । मुम्बईले दिएको १६३ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । लगातार दोस्रो जितसँगै ४ अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्