जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौं – २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाका कारण खेल निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको थियो। वर्षाका कारण खेललाई १५ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५७ रन बनाए। त्यस्तै लोकेश बमले २२ बलमा ५२ रनको अविजित पारी खेले। आसिफ शेखले २१ रनको योगदान दिए। जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि पिचलाई कभरले ढाकिएको थियो। लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भयो। यससँगै नेपालले समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको छ। अफगानिस्तान २ अंकसहित समूह उपविजेता बनेको छ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग तथा अफगानिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्